नियम १३
कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकार
ऐनको दफा १५ मा उल्लेखित काम कर्तव्य र अधिकारको अतिरिक्त कार्यकारी प्रमुखको अन्य काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ ।
(क) ऐन, यस नियमावली र विनियम वमोजिम बोर्डको आर्थिक, प्रशासनिक तथा अन्य कामहरु गर्ने ।
(ख) बोर्डको तर्फवाट नेपाल सरकार, स्वदेशी तथा विदेशी व्यक्ति र निकायहरुसँग सम्पर्क अधिकारीको हैसियतले कार्य गर्ने ।
(ग) बोर्डवाट स्वीकृत दीर्घकालीन तथा अल्पकालीन योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको क्रममा आवश्यक अनुगमन तथा मुल्यांकन गर्ने गराउने ।
(घ) खण्ड (ग) वमोजिम योजना तथा कार्यक्रमहरुको कार्यान्वर्यन, अनुगमन र मूल्यांकनको क्रममा देखा परेका नीतिगत समस्याको समाधानको लागि आवश्यक सुझावहरु समेत तयार गरि स्वीकृतिको लागि बोर्डमा पेश गर्ने ।
(ङ) अध्यक्षसँग परामर्श गरी समितिको वैठकमा पेश गरिने कार्यसूचि तयारगर्ने ।
(च) समितिले गरेका प्रत्येक निर्णयहरुको अभिलेख लगायत बोर्डले गर्न प्रत्येक काम, कारोवासँग सम्बन्धित कागजातहरु अद्यावधिक गरी सुरक्षित राख्न लगाउने ।
(छ) अध्यक्ष तथा समितिले दिएका निर्देशनहरु पालन गर्ने, गराउने ।
(ज) बोर्डको चल, अचल सम्पत्तिको सुरक्षा तथा आवश्यक प्रवन्ध गर्ने ।
(झ) बोर्डले निर्धारण गरेका अन्य काम कारवाही गर्ने ।